Ad Image

तातोपानी गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जोडिए

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739340073.jpeg

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाका सबै वडाका गरी ३६ गाउँबस्ती सडक सञ्जालसँग जोडिएका छन् ।


सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मङ्गलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले उद्घाटन गरेका छन् ।


तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् ।


सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा रु. एक करोड २० लाख रुपैयाँ बजेट खर्च भएको छ ।


उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब  २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका छन् ।