Ad Image

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739365683.jpeg

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् । यो अध्यादेश जनताको हितविपरीत भएको लोसपाले जनाएको छ । 
 
‘भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाईं, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धीको दायराबाट बञ्चित राखिने तथा यो अध्यादेशले वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’