Ad Image

रामपुर नगरपालिकाले फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गरायो

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739427334.jpg

पाल्पा । रामपुर नगरपालिकामा फरक क्षमता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराइएको छ । यहाँको रामपुर–७ मा बसोबास गर्ने फरक क्षमता भएका नौ जनालाई सहायता सामग्री (ह्विलचियर) सहयोग गरिएको हो ।  
  
    
पूर्णअपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको जनाएको छ । हिँँड्न नसक्ने र परिवारका सदस्यको सहयोगमा रहेका ‘क’ वर्गका पूर्णअपाङ्गता भएका व्यक्तिमध्ये आवश्यकताका आधारमा नौ जनालाई ह्विलचियर वितरण गरिएको वडाअध्यक्ष दोवराज तिवारीले जानकारी दिए ।     
   

रु. एक लाख ११ हजार बराबरको लागतमा सामग्री खरिद गरेर वितरण गरिएको वडा सचिव गीता लम्साल पौडेलले बताए। उनका अनुसार वडा कार्यालयबाट अपाङ्गता सहायता सामग्री खरिद शीर्षकमा विनियोजित रु. ५० हजार र जापानी नागरिक काजुमा साकाकीमीबाट प्राप्त रु. ६१ हजार सहयोगमा सामग्री खरिद गरी वितरण गरिएको छ ।