Ad Image

त्रिशूलीमा मोटरसाइकल दुर्घटना, चालक बेपत्ता, खोजी कार्य जारी

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739521948.jpg

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।


बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।


मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।


डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ ।


उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी) रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।

 

बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।