Ad Image

होटलमा महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा २ जना पक्राउ

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739540537.jpg

पर्सा । वीरगञ्जका होटलमा महिलालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का ४५ वर्षीय गिनिलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ का ४० वर्षीय प्रकाश साह रहेका छन्।

 

दुवै जनालाई वीरगञ्ज महानगरपालिका–१५ का दुई होटलबाट बिहीबार दिउँसो ३ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। उनीहरूले वीरगञ्जका होटलहरूमा राम्रो आम्दानी हुने भन्दै युवतीहरूलाई प्रलोभनमा पारेर ग्राहकहरूसँग शारीरिक सम्पर्कमा संलग्न गराएको लम्सालले बताए।

 

होटलहरूमा चेकजाँच गर्न पुगेको प्रहरी टोलीले होटल स्मार्टबाट दुई र न्यू शान्ति सैनिक होटलबाट दुई जना महिलालाई उद्धार गरेको छ। पक्राउ परेकालाई शुक्रबार प्रहरीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।