Ad Image

सत्तारूढ दलको संयुक्त बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739591958.jpeg

काठमाडौं । अध्यादेशका बारेमा छलफल गर्न सत्तारूढ दलको संयुक्त बैठक बस्दैछ । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सम्बन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने भन्दै धारणा सार्वजनिक गरेपछि नैतिक संकटमा परेको सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो । त्यसो त, आजको बैठकमा संविधान संशोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।