Ad Image

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गरिएको रिटमा आज सुनुवाइ हुँदै

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739680437.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलनासम्बन्धी रिटको पेसी आज तोकिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएर गत माघ २८ गते दायर गरेको रिट निवेदनमा आज पोसी तोकिएको हो ।  उनले सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन नगरी प्रधानमन्त्री ओलीले भूमि अध्यादेश जारी गरेको भन्दै रिट दायर गरेका छन् । 

 

गिरीबन्धु टी स्टेट्ससम्बन्धी मुद्दामा गत वर्ष माघ २४ गते सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध गरेको दावी गर्दै उनले अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग गरेका छन् । निवेदनमा थप आदेशका साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न समेत माग गरिएको छ । अधिवक्ता अर्यालले यस्तो अवस्थामा पाकिस्तानमा प्रधानमन्त्रीलाई पदमुक्त गर्ने परमादेश भएको नजिर समेत उल्लेख गरेका छन् ।