Ad Image

२ हजार ७ सयले घट्यो सुनको मूल्य

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739683743.jpg

काठमाडौँ । नेपाली बजारमा शनिबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय  रुपैयाँ घटेको हो ।


शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो ।


आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।