अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः आज नेपाल र किर्गिस्तान खेल्दै


काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरू हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजदेखि फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुनेछ ।
आज हुने दुईवटा खेलमध्ये पहिलो खेलमा म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्नेछन । खेल दिउँसो १ः३० बजेबाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिड्नेछ । यो खेल साँझ ५ः३० बजेबाट सुरू हुनेछ ।
फिफा वरीयतामा किर्गिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो । साथै, नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।