Ad Image

दाङ पुगे प्रधानमन्त्री ओली

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739779210.jpeg

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ पुगेका छन् ।  उनी  नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी पुगेका हुन् ।  

 

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।

 

उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधन पछि घोराहीमा नेकपा ९एमाले० दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।