Ad Image

क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739847301.jpg

टोरन्टो । क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको हो । ८० जना सवार विमान पल्टिदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बीबीसीले जनाएको छ ।

 

डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । विमानमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए । विमान दुर्घटनाको कारण खुलेको छैन । विमान अमेरिकाबाट क्यानडा गएको हो ।