Ad Image

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, चाँदीको मूल्य भने स्थिर

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739859007.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले वृद्धि भएको हो ।


महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।


यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।