Ad Image

बल्खुमा मृत भेटिएका व्यक्तिको हत्या आशंकामा ६ जना नियन्त्रणमा

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739954484.jpg

काठमाडौं । बल्खुको तरकारी बजार नजिक मृत भेटिएका व्यक्तिको हत्या आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।


मकवानपुर घर भएका रामकृष्ण दाहाल मृत भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये २ जना बढी शंकास्पद देखिएको एक अनुसन्धान अधिकृतले बताए ।


बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएका हुन् ।


प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको टाउकामा चोट लागेको पाइएको छ । हत्यामा आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ६ जना मृतकसँगै बस्दै आएका व्यक्तिहरू रहेको खुलेको छ ।


उनीहरू सबै ज्यामी काम गर्नेहरू हुन् । नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता प्रहरी समक्ष बताएका छन् ।