Ad Image

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740029156.jpeg

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु‍. ५०० र चाँदीमा रु. १० ले वृद्धि भएको छ ।

 

बुधबार रु. एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति रु. एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

 

यसैगरी, बुधबार रु. एक हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु. एक हजार ९९५ कायम भएको छ ।