एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सुरु भएको छ ।
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना लगायतबारेमा छलफल हुनेछ ।