Ad Image

प्रधानमन्त्रीलाई बालेनको आग्रहः मलाई नेपाली भएर बाँच्न त दिनुस्

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1740124721.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।


शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।


‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’


बालेनको स्टाटसमा यस्तो छ :

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो,
इन्डियाले भिकारी भनिसक्यो,
चीनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस्,
नेपाली भएर बाँच्ने आधार त दिनुस् ?