Ad Image

प्रधानमन्त्री ओली पशुपतिमा, महाशिवरात्रीमा सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740493911.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रीको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । 

 

उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए ।

 

महाशिवरात्रीको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।