Ad Image

ललितपुरको इमाडोलमा आगलागी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1737647530.jpg

पाटन । ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा आज साँझ आगलागी भएको हो । “प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ”, उनले भने ।