Ad Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासपछि टर्मिनल गेटबाट प्रहरीले बरामद गर्‍यो करिब ४ केजी सुन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740643885.jpg

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद भएको छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरेकाे विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।


उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। सशस्त्र प्रहरी बल र कर्मचारीलाई भन्सार चेकजाँचको जिम्मा दिइएको छ। तर, यति ठूलो परिणाममा भन्सारबाट पास सुन बरामद भएपछि भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमताेमा काम भएकाे हाे कि भन्ने आशंका बढाएकाे छ।

 

भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै उनीहरूलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार उज्बेकिस्तानका नागरिक Akhmadjanovna dilfuza marifalieve, Israilovna saodat fayzieva , Gulamdjanovan umida akhmedov  र Sardor tursunov  पक्राउ परेका छन्।

 

पक्राउ पर्नेहरू तीनजना महिला र एक पुरूष हुन्। सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। एसएसपी राठोरका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

 

यसअघि पनि विमानस्थलको चेकिङबाट सुन बाहिरिने र  बाहिरिएको सुन प्रहरीले बरामद गरेका घटना सार्वजनिक हुँदै आएका छन्।