उत्तराखण्डको हिमपहिरोमा ४ जनाको मृत्यु, बेपत्ता ५ जनाको खोजी जारी


काठमाडौं । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अझै बेपत्ता रहेका पाँच जनाको उद्धार कार्य जारी रहेको बताइएको छ । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।