Ad Image

एमाले सचिवालय बैठक च्यासलमा बस्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740906821.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो।


एमाले केन्द्रीय कार्यालय सचिव डा‍. भिष्म अधिकारीले बैठकमा अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।


सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।


पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।