Ad Image

विपक्षी विद्यार्थी संगठनका विद्यार्थीले भैरहवा क्याम्पसमा गरे तोडफोड

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1740994295.jpg

रुपन्देही । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा सत्तारुढ बाहिर रहेका दल निकट विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।


सोमबार स्ववियु निर्वाचनका लागि संगठन दर्ताको लागि एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरु क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेको अनेरास्ववियु क्याम्पस अध्यक्ष विवेक भण्डारीले जनकारी दिएका छन् ।


उनीहरुले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गर्दै आएपनि त्यो नगरेर निर्वाचनको प्रक्रियामा गएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।