Ad Image

ओलीप्रति बालेनको कटाक्ष: भ्रमको खेतीमा पीएचडी मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ !

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741005511.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका छन् ।


सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभइ साझेदार भएको लेखेका छन् । साथै उनले महानगरलाई जतिसुकै नाकाबन्दी लगाए पनि फरक नपर्ने बताएका छन्।

 

प्रधानमन्त्रीले प्रमुख प्रशासकीय अधिकृत नपठाएर थप भ्रम फैलाएको भन्दै शाहले भनेका छन्– ‘अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो। भ्रष्टहरूविरूद्धको लडाइँ हो।’


‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो । अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरू विरूद्धको लडाइँ हो । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु’, उनले उल्लेख गरेका छन् ।