Ad Image

प्रतिनिधिसभा बैठक बस्दै, भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741139324.jpg

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेस गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । सरकारले आज यस अघि जारी गरिएको भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरूबीच सोमबार साँझ भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरू स्वीकृतिका लागि पेश हुने भएका हुन् ।