Ad Image

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, २ लाख जरिवाना

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741873036.jpg

काठमाडौं । लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र २ लाख जरिवाना भएको छ ।  जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको थियो ।

 

फागुन २१ मा दोषी ठहर गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवानासहित ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा ८ हजार रुपैयाँ जरिवाना दाखिला गर्नुपर्ने फैसला पनि भएको छ । गुप्तासँगै लागूऔषध मुद्दामा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला आएको छ ।


अध्यक्ष गुप्तासहित लागूऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवानले सफाइ पाएका छन्। अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन्।  पाण्डेको मुद्दा मुलतबीमा राखिएको अदालतले जनाएको छ।