Ad Image

हरिवन नगरपालिकामा आयोजित महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741939329.jpg

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु. दुुई करोड ७६ लाख सङ्कलन भएको छ ।


हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु. ४२ लाख सहयोग सङ्कलन भएको थियो ।


रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न रु. ११ करोड आवश्यक पर्ने संयोजक थापा बताउनुहुन्छ। रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो। उक्त महायत्रबाट रु. दुुई करोड ७६ लाख सङ्कलन भएको थियो। महायज्ञमा हरिवन नगरपालिकाले रु. ५६ लाख सहयोग गरेको छ ।


जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए । सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।