Ad Image

प्रधानमन्त्री कप क्रिकेट : बाग्मतीद्वारा सुदूरपश्चिमलाई २६७ रनको लक्ष्य

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741943599.jpg

रुपन्देही ।  प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ ।


रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कङ्साकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनायो । घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै कङ्सकारले ६८ बलको सामना गर्र्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।  


यसैगरी, ईशान पाण्डेले ३६, पृथु बास्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए ।


बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट लिए । अहिले सुदूरपश्चिमले बाग्मतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।