एमाले सचिवालय बैठक बस्दै


काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि शुरु हुने बताइएको छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिविधिका विषयमा छलफल हुने बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।