पीएम कपमा आज तीन खेल हुँदै


काठमाडौं । पीएम कप अन्तर्गत आज तीन खेल हुँदै छ । आज लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार व्यहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार व्यहोरेको छ ।
त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार व्यहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार व्यहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ ।