स्ववियू निर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अनुगमन गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा चैत ५ गते हुने निर्वाचनको अनुगमन गर्ने भएको हो ।
अनुगमनका लागि आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुबाट टोली गठन गरिएको आयोगद्वारा जनाएको छ ।