रुसयुक्रेन युद्धविरामबारे ट्रम्प र पुटिनबीच आज वार्ता हुँदै


वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लाडिमिर पुटिनबीच आज फोन वार्ता हुँदैछ । वार्ता हुनु अघि ट्रम्पले ट्रुथ सोसलमा वार्ता सकारात्मक हुने उल्लेख गरेका छन् । उनले प्रत्येक साता दुवै देशमा २५०० सेना मारिने क्रमको अन्त्य आवश्यक भएको समेत बताए। यसअघि नै उनले सञ्चारकर्मीसँग शान्ति स्थापना गर्न सकिने कुरामा आशावादी रहेको बताएका थिए।
बहु प्रतीक्षित वार्तामा रुसले सन् २०२२ मा नियन्त्रणमा लिएको युरोपको सबै भन्दा ठुलो आणविक भट्टी झम्पोझारियाका बारे छलफल हुनेछ । ट्रम्पले रुसले जमिन कब्जा गर्ने विषयमा वार्ता गरी रहेको तथा आफूले आणविक भट्टीमा हुन सक्ने जोखिमका बारे कुरा गरिरहेको बताए। युक्रेनी राष्ट्रपति जेलेन्सकीले रुसले युद्ध टार्न चाहेको रहेको आरोप लगाएका छन् ।