Ad Image

कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742268338.jpg

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने बताइएको छ ।  बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुनेछ । 

बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ । तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।