Ad Image

कांग्रेस पदाधिकारीको बैठक बस्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742271369.jpg

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बैठक बोलाएका हुन् । देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधिलगायत विषयमा छलफल हुने सहमहामन्त्री महेन्द्र यादवले बताए । बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।