Ad Image

ट्रकमा लोड गरेर रसुवा लैजाँदै गरेकाे २५ करोड रुपैयाँ कस्काे ?

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742279064.jpg

काठमाडौं । गएराति काठमाडाैंबाट केरुङतर्फ एक ट्रक पैसा लगिएकाे प्रहरीले फेला पारेकाे छ ।

 

गएराति उपत्यका अपराध अनुसन्धान शाखाका प्रहरीले एउटा सूचना पायो । ना  ७ख १६५२ नम्बरको ट्रकमा ठूलो मात्रामा पैसा भएको भन्ने सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा विशेष टोली राति नै परिचालित भयो ।


टोलीले काठमाडौंबाट केरुङतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । उक्त ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा अमेरिकी डलर, नेपाली रुपैयाँ युरो समेत गरी करिब २५ करोड रुपैयाँ पैसा भेटियाे । प्रहरीले ट्रकका चालक कुनसाङ लामालाई नियन्त्रणमा लिएको छ । साथै अर्का एक जनालाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौंबाट रसुवाको केरुङतर्फ जाँदै गरेको ट्रकबाट सो रकम नियन्त्रणमा लिइएकोले सो रकम चीनतर्फ लैजाँदै गरेको हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । हालसम्म प्रहरीले केही बताएको छैन । बिशेष स्रोतबाट प्राप्त सूचनामा शेर्पा थरका रसुवा नाकामा मेस चलाउने व्यापारीले सो रकम चीनतर्फ लैजाँदै गरेका थिए ।

 

प्रहरीसँगको सेटिङ भत्किएपछि उक्त रकम प्रहरीले नियन्त्रणमा लिएकाे हाे । ती व्यापारी कांग्रेसकी नेतृ आरजु राणा निकट भएको बुझिएको छ । ती व्यापारीले न्यूरोडमा मेस चलाउँदै आएका छन् । उनले महाबौद्धमा सामान ल्याउने मेस चलाएका छन् ।

 

कतिपयले नयाँ प्रहरी आइजीले सुरुमै राम्राे काम गरेकाे भनेर चर्चा गरेका छन् । उक्त ट्रकमा भएकाे पैसा कसरकाे भन्ने खुलेकाे स्पष्ट खुलेकाे छैन ।