Ad Image

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जिते

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742307820.jpg

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । कुल ३ हजार मतदातामध्ये १ हजार १ सय २ मतसहित श्रेष्ठ विजयी भएका हुन् । दोस्रो स्थानमा रहेकी माओवादी निकट अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् ।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने र दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् । ​​​​​​​स्वयमले २०७९ सालमा स्वतन्त्र बाटै सदस्य जितेका थिए ।