Ad Image

कुलमान घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741223452.jpg

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ​​​​​​​उर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएको थियो ।  कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले हटाउने र स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।