Ad Image

नेपाली सेनाले भन्यो : संविधानप्रति पूर्ण प्रतिबद्ध छौं, अनर्गल प्रचार नगर्नु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742391559.jpg

काठमाडौं । नेपालको संविधानप्रति संगठन प्रतिबद्ध रहेको नेपाली सेनाले जनाएको छ । राजावादीहरुको चहलपहलसँगै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै सेनाले संगठनलाई जोडेर अनर्गल टीकाटिप्पणी नगर्न आग्रह गरेको छ । बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ । 
 
सेनाले आफ्नो धारणा र  गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको पनि स्पष्ट पारेको छ । अनुरोधपत्रमा सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सम्बद्ध सबैमा आग्रह गरिएको छ ।