Ad Image

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742443628.jpg

काठमाडौं । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । ​​​​​​​संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकाङ्क्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।

यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो । 

फ्रान्सेली भाषा दिवस
आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न ६ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अरबिक, चिनियाँ, अङ्ग्रेजी, रसियन र स्पेनिस भाषा पर्दछन् ।