Ad Image

सिरहामा एसइई परीक्षा सुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र आउट

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742446356.jpg

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ। एसइईको पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।

केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको भन्नेबारे खुल्न सकेको छैन । जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएको बताए । उनले भने, ‘पात समेत हल्लिन दिएको छैन, प्रश्नपत्र कसरी बाहिरिएको हो, त्यसबारे अनुसन्धान हुँदैछ।’