‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् ।
आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् । उनी संसद् बैठकबाट बाहिरिएका छन् । सांसद साहले यसलाई औचित्यहीन भएको बताउँदै आएका छन् ।