सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू. एक हजार र चाँदी तोलामा रू. ३५ घटेको हो ।
बिहीबार प्रतितोला रू. एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।