फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जित


काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको हो ।
नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब एसियन कप छनोटमा मार्च २५ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।