Ad Image

रमदानको उपलक्ष्यमा वीरगञ्ज महानगरले गरायो मुस्लिम धर्मावलम्बीलाई संयुक्त इफ्तारी

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742575087.jpg

वीरगञ्ज । इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमदानको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले आज संयुक्त इफ्तारी समारोह आयोजना गरेको छ । आपसी भाइचारा अभिवृद्धि गर्न महानगरपालिकाले आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजना गरेका इफ्तारी समारोहमा महानगरपालिकाका ३२ वटै वडाका मुस्लिम धर्मावलम्बी सहभागी भए ।

संयुक्त इफ्तारीमा करिब ३ हजार बढी मुस्लिम धर्मावलम्बी सहभागी भएको मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुँयालले बताए। शुक्रबार साँझ आयोजना गरिएको इफ्तारीमा सहभागी मुस्लिम धर्मावलम्बीलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको छ।

 

इफ्तारी समारोहमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, विभिन्न वडाका वडाध्यक्ष, अन्य धर्मका अगुवा, महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो।