राप्रपाको खबरदारी सभा आज जनकपुरमा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजेदेखि खबरदारी सभा सुरु हुने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमनपछि हौसिएका राजावादीहरू यतिखेर देशैभरि अभियान चलाइरहेका छन् ।