ओप्पो ए फाइभ प्रोः गेमिङ र मनोरञ्जनका लागि ‘भरपर्दो’ भनिएकाे फोनको कति छ मूल्य ?


काठमाडौं । चिनियाँ ब्राण्ड स्मार्ट फोनले नेपालमा ओप्पोको नयाँ सिरिज गएको शुक्रबार सार्वजनिक गरेको छ । ओप्पोले काठमाडौंमा एक कार्यक्रम गरी ओप्पो ए फाइभ प्रो सार्वजनिक गरेको हो । यो फोनमा पानी र धुलो प्रतिरोधी क्षमता भएको दाबी गरिएको छ । थप यसमा कमजोर कनेक्सनमा पनि एआई लिंकबूस्ट र बीकनलिंक प्रविधिले भरपर्दो कनेक्टिभिटी सुनिश्चित हुने दाबी गरिएको छ । एआई गेमबूस्टले स्मूथ गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यो फोनमा ५८०० एमएच क्षमताको ठूलो ब्याट्री रहेको छ । यो फोनमा फ्ल्यास चार्ज प्रविधि जडान गरिएको छ ।
प्रिमियम, स्टाइलिश र क्लासिक डिजाइन:
ओप्पो ए फाइभ प्रोले ओप्पो ए सिरिजको हलुका र स्लिम डिजाइनलाई निरन्तरता दिएको छ, जुन मोचा ब्राउन र ओलिभ ग्रीन गरी दुई आकर्षक रङहरूमा उपलब्ध छ । ७.७६ मिमी मोटाइ र १९४ ग्राम वजनसहित मोचा ब्राउन संस्करण अत्यन्तै पातलो छ भने ओलिभ ग्रीन ७.८६ मिमी मोटाइ र १९५ ग्राम वजनसहित थोरै मात्र गह्रौँ छ।

मोचा ब्राउनमा म्याट बनावट रहेको छ । यसले उत्कृष्ट स्पर्श अनुभव दिने कम्पनीको दाबी छ । ओलिभ ग्रीन संस्करणमा भेगन लेदर फिनिश रहेको छ । यसले फोनलाई प्रिमियम लुक दिन्छ । ओप्पो ए फाइभ प्रो पानीभित्रैबाट फोटो समेत खिच्न मिल्ने एक स्मार्टफोन रहेको कम्पनीको दाबी छ । यसमा सिलिकन रिङ र टाइट एडहेसिभहरू प्रयोग गरिएको छ, जसले सबै साइड ओपनिङहरूलाई पूर्ण रूपमा सुरक्षित राख्ने दाबी गरिएको छ ।
माइक्रोपोरस पीईटी प्रविधिसहितको मुख्य माइक्रोफोन पानी र धुलोबाट समेत सुरक्षित हुने जनाइएको छ । स्प्ल्यास टच फिचरले फोन भिज्दा वा तेल लाग्दा पनि सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ ।

यसमा प्रयोग गरिएको डबल–टेम्परिङ ग्लास अन्य साधारण डबल–टेम्परिङ ग्लास भन्दा १६०% बढी झड्का प्रतिरोधी रहेको जनाइएको छ ।
उच्च–शक्ति एल्युमिनियम मिश्र धातु फ्रेमले मुख्य कम्पोनेन्टहरू सुरक्षित राख्ने कम्पनीले जनाएको छ । स्पन्ज बायोनिक कुशनिङ प्रविधिले क्यामेरा, मोटर, स्पिकर, ब्याट्री जस्ता महत्वपूर्ण भागहरूलाई झड्काबाट जोगाउने कम्पनीको दाबी छ।
फ्ल्यागशिप स्तरको कनेक्टिभिटी र स्थिर प्रदर्शन:
फोनमा ३६० डिग्रीको सराउन्ड एन्टेना र एआई लिंकबूस्ट प्रविधि रहेको छ, जसले कमजोर नेटवर्क क्षेत्रमा पनि उत्कृष्ट सिग्नल सुनिश्चित गर्नेछ ।
बीकनलिंक प्रविधिले ब्लुटुथमार्फत सिग्नल नभएका ठाउँहरूमा पनि एक–अर्कासँग कुराकानी गर्ने सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ । यो फोनमा एआई गेमबूस्टले ५ घण्टासम्म स्थिर गेमिङ अनुभव प्रदान गर्ने जनाइएको छ ।
यसमा रहेको १००० निट्स अल्ट्रा ब्राइट डिस्प्लेले सिधै घाममा पनि फोनमा स्पष्ट दृश्य देखिने जनाएको छ । डुअल स्टेरियो स्पिकर र अल्ट्रा भोल्युम मोडले उत्कृष्ट अडियो–भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ५८०० एमएच क्षमताको यसको ब्याट्री चार वर्षसम्म केही नहुने जनाइएको छ ।
४५ वाटको सुपरभोक्टम फ्ल्यास चार्जबाट फोन १९ मिनेटमा ३०% चार्ज हुने दाबी कम्पनीको छ । यो फोनबाट ५० मेगापिक्सेल अल्ट्रा–क्लियर मुख्य क्यामेरा, २ मेगापिक्सेल पोट्र्रेट क्यामेरा, र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरासहित उच्च–गुणस्तरको तस्बिर खिच्न सकिन्छ। यो फोनमा पोट्र्रेट मोड, एआई पोट्र्रेट रिटचिङ र अन्डरवाटर फोटोग्राफीद्वारा पानी मुनि समेत उत्कृष्ट फोटो खिच्न सकिन्छ।
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो । २००८ मा “स्माइली फेस“ मोबाइल फोनको सुरुवातपछि, ओप्पोले सौन्दर्य र प्रविधिको जोडेर आफ्ना उत्पादनहरु ब्जारमा ल्याएको छ ।
चिनियाँ ब्रान्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ भित्र्याएको छ । टिकाउ र मजबुत स्मार्टफोन चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले शुक्रबार यो फोन सार्वजनिक गरेको हो ।

हाल ओप्पो ६० भन्दा बढी देशमा उपलब्ध रहेको कम्पनीको दाबी छ । यो कम्पनीमा ४० हजारभन्दा बढी कर्मचारीहरु रहेका छन् ।
नेपाली बजारमा ओप्पो ए फाइभ प्रोको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले २४ मार्चसम्म फोनको प्रि-बुकिङ खुला गरेको छ, जसमा ग्राहकले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् ।
यो फोन २५ मार्चदेखि बजारमा उपलब्ध हुनेछ । टफ र टिकाउ फोन खोज्ने उपभोक्ताका लागि यो फोन उपयुक्त विकल्प हुने कम्पनीले जनाएको छ ।
