Ad Image

आठौँ अन्तरराष्ट्रिय मेयरकप वैशाख दोस्रो सातादेखि सुरु हुने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742734058.PNG

भोजपुर । आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयरकप फुटबल आगामी वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । 
 

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता यस वर्ष २०८२ वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।


भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले रु. ३० लाख सहयोग गरेको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः रु. पाँच लाख र रु. तीन लाख पुरस्कार पाउने छन् ।


सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई हराउँदै विजेता बनेको थियो ।