बालेनले प्रकाशमानलाई भने– मन्त्रीज्यु गणेशमान सिंहको इतिहास माटोमा नमिसाउनु होला !


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देशलाई नहराउन पनि भनेका छन् ।
‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला । ’साथै उनले मन्त्री सिंहलाई अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरेका छन् ।
‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’