Ad Image

नयाँ वर्षको अवसरमा वीरगंज महानगरले रात्रि बजार संचालन गर्ने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742814321.jpg

वीरगंज । वीरगंजमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।


चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । 


नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ ।  


यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले यहाँको बजार चलायमान बन्ने मेयर सिंहले बताए। 


रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टलहरु राखिनेछ ।

 
महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार संचालन गर्न लागेको हो । 

 

रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए  ।