पीएन क्याम्पस पोखरामा अनेरास्ववियुको प्यानलै विजयी


पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको छ । अध्यक्षमा पोखरेलले ११०५ मत ल्याउँदै निर्वाचित भए । नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङले १३०४ मत पाउँदै बिजयी भए ।

