Ad Image

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1742897986.png

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सामाजिक सञ्जालमार्फत समाज भाँड्ने अभिव्यक्तिहरू दिएको भन्दै बालेनलाई कानुनी कठघरामा उभ्याउन माग गरेको हो ।


मेयर बालेनको ‘टुकुचामा गाड्दिन्छु’ भन्ने अभिव्यक्ति राष्ट्र र समाजका लागि घातक रहेको युवा संघको ठहर छ ।


“आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र तथ्यलाई अतिरन्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौ र कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।